neapl investment mega bank

सुनचाँदीको मूल्य बढ्यो

Jul 4th, 2023

काठमाडौं, असार १९

आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले वृद्धि भएर प्रतितोला एक लाख १० हजार ४०० रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको मूल्य एक लाख ९ हजार ८५० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा पाँच रुपैयाँले बढेर एक हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।