neapl investment mega bank

आजको मौसम पूर्वानुमान

Jul 4th, 2023

काठमाडौं, असार १९

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा चट्याङ्ग सहितभारी वर्षाको समेत सम्भावना रहेको छ। यी प्रदेशमा राति पनि यस्तै यथावत रहने सम्भावना छ ।

मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।