काठमाडौं, असार १९
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३० रूपैयाँ ८४ पैसा र बिक्री दर १३१ रूपैयाँ ४४ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ५४ पैसा र बिक्री दर १४३ रूपैयाँ १९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ८४ पैसा र बिक्री दर १६६ रूपैयाँ ६० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९० पैसा र बिक्री दर ३६ रूपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।