काठमाडौं, असार १५
विशेष अदालतले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
खड्कालाई एक वर्ष तीन महिना कैद सजाय तथा ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ जरिवाना र सोही बराबर बिगो तोकिएको छ ।
विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले उनको घरजग्गादेखि बैंक मौज्दातसम्म जफत हुने फैसला गरेको हो ।
अख्तियारले २३ पुस ०७५ मा खड्काविरुद्ध मुद्दा चलाएको थियो। जसमाथि करिब पाँच वर्षपछि फैसला आएको हो ।