neapl investment mega bank

६ सयले घट्यो सुनको मूल्य

Jun 28th, 2023

काठमाडौं, असार १३

बुधवार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले घट्दै १ लाख १० हजार रुपैयाँ कायम भएको हो ।

यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य नै कायम हुँदै प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।