neapl investment mega bank
  • गृहपृष्ठ
  • वडाध्यक्ष विष्णुमान विरुद्ध अख्तियारमा उजुरी

वडाध्यक्ष विष्णुमान विरुद्ध अख्तियारमा उजुरी

Jun 27th, 2023

 ललितपुर, असार १२

गोदावरी ६ लेलेस्थित भागावन सामुदायिक वन फडानी गरेर पार्क निर्माण गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । मंगलबार विहान अख्तियारमा ०७३४२३ दर्ता नम्बरमा उजुरी दर्ता भएको हाे ।

गोदावरी सरोकारका व्यक्तिहरुको नाममा दर्ता भएको उजुरीमा वडाध्यक्ष विष्णुमान महर्जनको योजनामा स्थानीयहरु राजेश खड्का, नरेश खड्का, रमेश खड्का, पप्पु भन्ने प्रदिप थापालगायतको समूहले कसैले नदेख्ने पिआईए पार्कभन्दा २ सय मिटर टाढा पार्क बनाउने भन्दै रुख फडानी गरेको अभियोग लगाइएको छ ।

दर्ता भएको निवेदनमा १२ देखि १८ इन्च गोलाई भएको रुखहरु डिभिजन वन कार्यालयको अनुमती नलिई कटान गरिएको छ । सामुदायिक वनको हातामा संरचनाहरु निर्माण गर्दा उपभोक्ता समितीको निर्णय समेत नगराइएको उल्लेख छ ।