neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी नगरका जनप्रतिनिधिहरूसँग ‘‘अपाङ्गता अधिकार र सेवामा पहुँच’’ सम्बन्धी अभिभुखिकरण तथा अन्तरक्रिया

महालक्ष्मी नगरका जनप्रतिनिधिहरूसँग ‘‘अपाङ्गता अधिकार र सेवामा पहुँच’’ सम्बन्धी अभिभुखिकरण तथा अन्तरक्रिया

Jun 27th, 2023

ललितपुर, असार १२

महालक्ष्मी नगरपालिकामा ‘‘अपाङ्गता अधिकार र सेवामा पहुँच’’ सम्बन्धी अभिभुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम अपाङ्गता सशक्तिकरण समाज नेपालको आयोजना, महालक्ष्मी नगरपालिकाको समन्वय र बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका साझेदारमा महालक्ष्मी नगरका जनप्रतिनिधिहरूसँग महालक्ष्मी नगरपालिकाको हल, कमलपोखरीमा आयोजना भएको थियो।

यस कार्यक्रमको मुख्य प्रस्तुतीकरण राजु बस्नेतले अपाङ्गताका मुख्य सवालहरू, अपाङ्गताका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४, परिचय पत्र सम्बन्धी व्यवस्था, झुट्टा विवरण दिएर परिचय पत्र दिए वा लिएमा, स्थानीय समन्वय समितिको कार्य, कर्तव्य र अधिकार, स्थानीय तहको दायित्वहरू, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकारको दायित्व, परिवारका सदस्यहरू र संरक्षकको दायित्व जस्ता विषयहरूमा प्रस्तुती गरेका थिए।

यस्तै, प्रस्तुतीकरण विकास थापाले अपाङ्गता सम्बन्धी भिडियो पनि प्रस्तुत गरेका थिए। उक्त भिडियोमा २० वर्षदेखि बाख्रासँगै खोरमा राखेको, मानसिक सन्तुलन गुमाएकाले ६ वर्षको उमेरदेखि खोरमा राखेको अपाङ्गता माथि अमानवीय व्यवहार गरेको कुरा देखाएका छन् । सगरमाथा आरोही हरि बुढामगरले गरेको सगरमाथा आरोहण सफलता सम्बन्धी भिडियो पनि देखाएका छन् । हरि बुढामगरको दुवै खुट्टा नभएपनि जेठ ५ गते सगरमाथा आरोहण सफल भएको र आफ्नो इच्छा शक्ति भएमा सबै सहज र सफलता हुुने कुरा भिडियोबाट प्रस्तुत गरेको छ ।

सो कार्यक्रममा १० वटै वडा अध्यक्षहरूले आफ्नो वडामा अपाङ्गताको बारेमा, बजेट, खेलकुद, सेवा सुविधाहरू, कार्ययोजनाहरू, तथा अन्य विभिन्न कार्यक्रमहरू पनि उल्लेख गरियो । कार्यक्रममा नगर प्रमुख, उपप्रमुख अनुपस्थितले अपाङ्गता सशक्तिकरण समाज नेपालका अध्यक्ष टेकनाथ न्यौपानेले दुःख व्यक्त गरे । कार्यक्रम आफ्नै सभा हलमा प्रमुख अतिथिको रुपमा बारम्बार बोलाउँदा पनि अनुपस्थितले दुःख भएको बताए ।

कार्यक्रम संचालक अपाङ्गता सशक्तिकरण समाज नेपालका महासचिव कृष्ण महर्जनले गरेको थियो ।