ललितपुर, असार ११
महालक्ष्मी नगरपालिकामा अपाङ्गता हेरचाह सम्बन्धी १ दिने तालिम सम्पन्न भएका छन् । उक्त तालिम अपाङ्गता सशक्तिकरण समाज नेपालको आयोजना, महालक्ष्मी नगरपालिकाको समन्वय र बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका साझेदारमा भएको हो ।
अपाङ्गता सशक्तिकरण समाज नेपालका अध्यक्ष टेकनाथ न्यौपानेले हरेक मान्छेमा फरक मन हुने भएकोले फरक पहिचानमा अपाङ्गतामा वर्ण गर्न पुगेकोले त्यसलाई स्वीकार गर्नुपर्ने बताए । उनले अपाङ्गताको परिभाषासहित अपाङ्गतालाई परिवारसँगै राख्न आग्रह गरेका छन्। यसले समुदायमा बस्न सहज वातावरण बनाउनमा सहयोग पु¥याउन सक्ने बताए ।
अधिवक्ता मुकुन्द हरि दाहालले पूर्व र अत्यन्त अशक्त अपाङ्गता भएका बालबालिकाहरूको हेरचाह, हेरचाह र सहायताको अवस्था पहिचान र विश्लेषण गर्नका लागि एक दिनको तालिम सम्पन्न गरिएको छ। यसले उनीहरूको वर्तमान अवस्थाको मूल्यांकन गर्न उनीहरूको हेरचाहको स्तर र समस्याहरूलाई निर्देशन गर्ने मार्गदर्शन प्रदान गर्ने उद्देश्यले भएको हो।
उनले अपाङ्गता भएका व्यक्तिहरूको समुदायमा आधारित पुनर्स्थापना र सिबिआर अभिमुखिकरण कार्यक्रम सम्बन्धी प्रस्तुतीकरण गरेका छन् ।
