ललितपुर, असार १०
नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ गोदावरी नगर कमिटिको अध्यक्षमा विकास तामाङ सर्वसम्मत रुपमा चयन भएका छन् । शनिबार सम्पन्न नगर कमिटिको तेश्रो अधिवेशनले तामाङको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिका अन्य पदाधिकारीहरुमा राहुल महर्जन उपाध्यक्ष,दामोदर कार्की सचिव, झरना नगरकोटी र दिपेश अधिकारी सहसचिए रहेका छन् भने सजना नगरकोटी कोषाध्यक्ष रहेकी राष्ट्रिय युवा संघ जिल्ला कमिटी सहसचिव आरबी शर्माले जानकारी दिएका छन् ।
शनिबार चापागाउँमा सम्पन्न अधिवेशनमा युवा संघका पूर्व अध्यक्ष तथा नेकपा एमाले केन्द्रिय सदस्य किरण पौडेल प्रमुख अतिथी रहेका थिए ।