neapl investment mega bank
  • गृहपृष्ठ
  • दलित समुदायलाई लक्षित गर्दै सचेतना तथा सशक्तिकरण सम्बन्धी तालिम

दलित समुदायलाई लक्षित गर्दै सचेतना तथा सशक्तिकरण सम्बन्धी तालिम

Jun 25th, 2023

ललितपुर, असार १०

 दलित समुदायलाई लक्षित गर्दै सचेतना तथा सशक्तिकरण सम्बन्धी तालिम सम्पन्न गर्ने आयोजन गरिएको छ। यसको आयोजकहरू ललितपुर महानगरपालिका १४ र संयोजन नेपाल दलित नेपाल हुन्। सभाध्यक्ष रूपमा नेपाल दलित महिला उत्थान केन्द्रकी अध्यक्ष मैना अछामी र प्रमुख अतिथिको रूपमा ललितपुर महानगरपालिका १४ का वडा अध्यक्ष अमृत जंग महत थिए।

यस तालिममा जिल्ला पशु कार्यालयका प्रमुख डा. राम प्रकाश प्रधान, उप रजिष्ट्रार सर्वोच्च अदालतका अधिवक्ता उदवीर नेपाली र दलित गैर सरकारी संस्था महासंघका महासचिव एकराज लकान्द्री जस्ता प्रमुख व्यक्तित्वहरूले सहजीकरण गरेका थिए। यस तालिममा ४५ जना सहभागिता रहेको छ । 

यस तालिमको मुख्य उद्देश्यले दलित समुदायलाई जातीय विभेद तथा छुवाछुतको सम्बन्धमा सचेतना तथा सशक्तिकरण गरेका छन् । संविधानमा जातीय छुवाछूत र भेदभाव अन्त्य भएको बताइरहँदा अझै पनि समाजमा भेदभाव अन्त्य भएको पाइदैन यसको अन्त्य कसरी गर्न सकिन्छ र कोही मान्छे आफै दलित हुदैन उसलाई दलित बनाइको हो यसको अन्त्य गर्न सबै एक जुट भएमा यसको अन्त्य हुने विषयमा छलफल भएको थियो ।