neapl investment mega bank

कोड्कु खोला सरसफाई

Jun 24th, 2023

ललितपुर ,९ असार

ललितपुरको दक्षिणबाट उत्तर तिर बग्ने कोड्कु अथवा कर्मनाशा खोलाको सरसफाइ कार्यक्रम आज सम्पन्न भएको छ ।सरसफाईमा जलचरकोे संरक्षण गरौं भन्ने नाराका साथ खोला गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्र, गोदावरी नगरपालिका वडा नं‍.४ बडिखेल, गोदावरी खोला क्षेत्र सरफाई अभियान, डिभिजन वन कार्यालयको संयुक्तमा सरफाई कार्यक्रम गरेको हो ।

गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको हाम्रो गोदावरी स्वच्छ सफा र सुन्दर गोदावरी नारा सहित सरसफाइ कार्यक्रम २२७ हप्तामा निरन्तर चलेरहेको जानकारी अभियानका सम्योजक तथा मुख्य अभियन्ता बेबि राजभण्डारीले जानकारी दिइन ।

कोड्कु खोला सरसफाईमा गोदावरी नगरपालिका वडा नं.४ का अध्यक्ष सानु बाबु पहरी, डिभिजन वन कार्यालयका डि.एफ.ओ. रामकुमार भण्डारी, गोदावरी सामुदायिक पुस्तकालयका बशिष्ठ अधिकारी तथा अनुप घिमिरे, गोदावरी नगरपालिकाका नगर प्रहरी, डिभिजन वन कार्यालयका ललितपुरका वन रक्षकहरु मिली खोला सरसफाई गरिएका थियो ।