काठमाडौं, असार ८
प्रतिनिधिसभा बैठक सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा आज (शुक्रबार) बिहान ११ बजे बस्दैछ ।
बैठकमा प्रतिनिधिसभा सदस्यहरूले बजेटबारे सोधेको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची रहेको छ ।
आज विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकहरूमाथिको छलफल अन्तर्गत आज चार वटा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि छलफल हुनेछ ।
संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयले, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका बजेट शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ ।
बैठकमा ७ जना सांसदले विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले उल्लेख गरेको छ ।