neapl investment mega bank
  • गृहपृष्ठ
  • नेउवामहासंघ उद्योग समितिको उप–सभापतिमा नानीराज घिमिरे मनोनित

नेउवामहासंघ उद्योग समितिको उप–सभापतिमा नानीराज घिमिरे मनोनित

Jun 21st, 2023

काठमाडौं, असार ६

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल ज्यूले महासंघको उद्योग समितिको उप सभापतिमा नानीराज घिमिरे ज्यूलाई मनोनित गर्नुभएको छ । उद्योग समिति महासंघको कार्यकारिणी समिति सदस्य राजेश कुमार अग्रवालको सभापतित्वमा गठन गरिएको थियो ।

उद्योग समितिलाई पूर्णता दिनका लागि गरिएको एक कार्यक्रममा अध्यक्ष चन्द्र प्रसाद ढकाल ज्यूले मनोनयन पत्र हस्तान्तरण गर्नुहुदै मनोनित हुनुहुने व्यक्तित्वहरुले महासंघलाई सशक्त रुपमा अगाडी बढाउनका लागि तथा महासंघमा महत्वपूर्ण योगदान पु¥र्याउने कुरामा महासंघ विश्वस्त रहेको पनि बताउनुभयो ।