काठमाडौं,असार ६
नेपाल वायुसेवा निगमले आन्तरिक प्रतियोगितातर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आन्तरिक प्रतियोगितातर्फ लोकसेवा आयोगबाट निगमको आर्थिक वर्ष २०७९/८० को पदपूर्तिका लागि लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको हो ।
जसअनुसार सुपरिटेन्डेन्ट एएमई, प्रबन्धक, सिभिल इन्जिनियर, सिनियर आईजी इन्जिनियर पदको नतिजा सार्वजनिक भएको छ ।
