neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुर महानगरले मानमानेश्वरी पायो जात्रा र नवदुर्गा भवानी जात्राका लागि ५० लाख सहयाेग

ललितपुर महानगरले मानमानेश्वरी पायो जात्रा र नवदुर्गा भवानी जात्राका लागि ५० लाख सहयाेग

Jun 18th, 2023

ललितपुर, असार ३

ललितपुर महानगरपालिकाले मौलिक मानमानेश्वरी पायो जात्रा र नवदुर्गा भवानी जात्रा सञ्चालनका लागि अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग गरेको छ ।

महानगरले आइतबार मानमानेश्वरी पायो जात्राका लागि २५ लाख, नवदुर्गा भवानी ठेचो जात्रा सञ्चालनका लागि अक्षयकोष स्थापनाका लागि २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । त्यसैगरी, महानगरले हासापोता गणेश धार्मिक व्यवस्था समितिको अक्षयकोषका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ ।

नगर प्रमुख चिरिबाबु महर्जनले पायो जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठ, नवदुर्गा भवानी संरक्षण समितिका उपाध्यक्ष विकास माली, हासापोता गणेश धार्मिक व्यवस्थापन समितिका कृष्ण बहादुर विष्टलाई चेक हस्तान्तरण गरेका हुन् ।