neapl investment mega bank
  • गृहपृष्ठ
  • उज्यालो फैल्याउँदै ललितपुर महानगरपालिका, एक वर्ष भित्र १२ वटा ‘हाइमास्ट लाइट’ जडान गरिने

उज्यालो फैल्याउँदै ललितपुर महानगरपालिका, एक वर्ष भित्र १२ वटा ‘हाइमास्ट लाइट’ जडान गरिने

Jun 18th, 2023

ललितपर ,३ असार

ललितपुर महानगरपालिकाले २०८१ असार भित्र मुख्य चोकहरुमा १२ वटा ‘हाइमास्ट लाइट’ र सडकहरूमा ‘स्मार्ट स्ट्रिट लाइट’ राख्ने तयारी गरेको छ ।

महानगरपालिकाले स्मार्ट लाइट जडानको कार्यक्रम आर्थिक वर्ष २०७८/७९ को बजेटमै राखेको भएपनि
सो आवमा जडान हुन नसकेको महानगरले जनाएको छ । महानगरका अनुसार सो वर्षको योजना बमोजिम चालु आर्थिक वर्षको असारसम्म १२ वटा चोकमा हाइमास्ट स्मार्ट बत्ती जडान गरिने छ ।

चालु आवमा कुपन्डोलस्थित बागमती पुल, पुल्चोक, लगनखेल चोक बसपार्क, बटुक भैरब मन्दिरअगाडि, बुङमती बसपार्क, शंखपार्क शंखमुल, ठाडोढुंगा चोक, धोबीघाट ढुंगेधारा, महालक्ष्मी स्थानमा रहेको महालक्ष्मी मन्दिरमा बत्ती जडान गर्न लागिएको हो । हालसम्म चारवटा चोकमा बत्ती जडान भइसकेको महानगरपालिकाले जनाएको छ ।

महानगरका अनुसार विद्युत प्राधिकरणसँगको सहकार्यमा हाइ मास्ट स्मार्ट सडक बत्ती जडान गरिने छ । महानगरपालिकाका पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनका अनुसार पुल्चोक क्याम्पस, पुल्चोकस्थित महानगरपालिकाको भवन अगाडि, जावलाखेल र लगनखेलमा यो बत्ती जडान भइसकेको छ ।

यसैबिच महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरलाई उज्यालो बनाउने अभियानअन्तर्गत स्मार्ट सडक बत्ती जडान गरिएको बताउँदै १६ मिटर अग्लो पोलमा हाइ मास्ट स्मार्ट सडक बत्ती जडान गरिएको जानकारी दिए ।

ललितपुर महानगरपालिकाले पहिलो चरणमा चक्रपथ भित्र कोर सिटीमा ६ सय ६९ वटा स्मार्ट लाइट जडान गरिसकेको जनाएको छ । चक्रपथ बाहिर थप १ हजार ४ सय स्मार्ट स्ट्रिट लाइट राख्ने महानगरको भनाइ छ । स्मार्ट सडक बत्ती जडानका लागि प्राविधिक सहयोग तथा निरीक्षण नेपाल विद्युत प्राधिकरणले गरेको हो ।

यसको साथै महानगरले सडक बत्ती जडानको कार्यलाइ पनि तिब्रता दिएको छ । अहिलेसम्म बाग्मती पुलबाट जावलाखेल लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटेल, पाटनढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार, लगनखेलसम्म, पुल्चोक महानगरपालिका कार्यालयबाट मंगलबजार हुँदै ग्वार्कोसम्म सडकबत्ती जडान भइसकेका छन् ।

त्यस्तै महानगरले चक्रपथबाहिरका वडाहरु सुनाकोठी, बुङमती, खोकना, हरिसिद्धि, भैँसीपाटी, धापाखेलमा स्मार्ट सडकबत्ती जडान भएको जनाएको छ । एड्भोटेरिएल