neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त

Jun 16th, 2023

काठमाडौं १ असार

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज शुक्रबार कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो । राष्ट्रपति पौडेलले उनलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।

कार्कीले आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । उनी आठ महिनायता कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका थिए भने आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् ।