काठमाडौँ १ असार
काठमाडौँ महानगरपालिकाले आजदेखि काठमाडौबाट बाहिर जाने सवारी साधान नयाँ बसपार्कबाट मात्रै छुट्ने नियम लागू गरेको छ ।
काठमाडौँ महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दुरीमा सञ्चालन हुने यात्रुबाहक सवारी साधान नयाँ बसपार्क गोंङगबुबाट मात्रै छुटनु पर्ने ब्यवस्था कार्यान्वयन गर्ने निर्णय भएको भन्दै महानगरपालिकाले निर्देशन दिएअनुसार आजबाट लागू हुन लागेको हो ।
महानगरद्धारा जारी सुचना अनुसार सो निर्देशन अनुसार बसपार्कबाट मात्रै सवारी नछुटाएमा कारबाहीसमेत गर्ने जनाएको छ ।
‘निर्णय कार्यान्वयन गर्दै अवस्थामा सुधार ल्याउन २०८० असार १ गतेदेखि नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन, नयाँ बसपार्कबाट मात्र यात्रुबहाक सवारी साधान सञ्चालन गर्न सुचित गरिन्छ, महानगरले भनेको छ, ‘धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दुरीका सवारी साधनको हकमा कलंकीदेखि जडिबुटीसम्म सवारी साधन रोक्न निषेध गरिएको छ ।’