neapl investment mega bank
  • गृहपृष्ठ
  • नागरिक उड्डयन प्राधिकरणको भवनको नक्सा ३५ दिन भित्र पेश गर्न महानगरपालिकाको अल्टीमेटम

नागरिक उड्डयन प्राधिकरणको भवनको नक्सा ३५ दिन भित्र पेश गर्न महानगरपालिकाको अल्टीमेटम

Jun 15th, 2023

काठमाडौं ३२ जेठ

काठमाडौं महानगरपालिकाले नेपाल नागरिक उड्डयन प्राधिकरणको सिनामंगल स्थित भवनको नक्सा ३५ दिनभित्र पेश गर्न सूचित गरेको छ । महानगरको शहरी विकास विभागका प्रमुख सुरज शाक्यका अनुसार काठमाडौं.९ मा निर्माण भएको प्राधिकरणको भवन प्रचलित कानुन बमोजिम नक्सा पास भए, नभएको विवरण पेश गर्न निर्देशन दिएको हो ।

महानगरले ३ जेठमा एक सूचना निकाल्दै आफ्नो क्षेत्रभित्र पर्ने सबै घर, भवनको नक्सा अद्यावधिक गर्न, नक्साको विवरण पेश गर्न निर्देशन दिएको थियो ।