काठमाडौं ३२ जेठ
वान एक्स बेटमा विज्ञापन र सट्टेबाजी गरेको आरोपमा हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ लगायत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । ‘वानएक्स(बेट’मा विज्ञापन गरेको आधारमा उनीहरुलाई के हो भनेर सोधपुछ गर्न बोलाएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्नेमा अन्य कलाकार पनि रहेका छन् । ‘वानएक्स(बेट’ प्रकरणमा प्रहरीले कलाकार राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी)लाई पनि नियन्त्रणमा लिएको छ । यस्तै, अलिस राई, जलन घर्तिमगर, गणेश देवकोटा, सरोज घिमिरे, बेगम नेपाली (भटभटे माइला) पनि पक्राउ परेका छन्।
त्यस्तै, ‘वानएक्स(बेट’को विज्ञापन गर्ने अन्य कलाकारमाथि पनि प्रहरीले अनुसन्धान थालेको बताएको छ। त्यसो त केहीले कलाकारको अनुमति बिना नै फोटो राखेर विज्ञापन समेत गर्ने गरेका छन् ।