neapl investment mega bank
  • गृहपृष्ठ
  • प्यूठान स्वर्णद्वारीमा कार दुर्घटनाः ८ जनाको मृत्यु एक जनाको पहिचान खुल्न बाँकी

प्यूठान स्वर्णद्वारीमा कार दुर्घटनाः ८ जनाको मृत्यु एक जनाको पहिचान खुल्न बाँकी

Jun 12th, 2023

काठमाडौं, जेठ २९

प्युठानको स्वर्गद्वारी नगरपालिका –४ भ्याकुतेमा भएको कार दुर्घटनामा परी मृत्यु भएका ८ जनामध्ये ७ जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार अन्य एक जनाको पहिचान खुल्न सकेको छैन । 

मृत्यु हुनेमा कार चालक लमही नगरपालिका ५ का ४९ वर्षीय तारा कुमाल, कारमा सवार लमही–७ का ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३० वर्षीया राधा नेपाली र उनका ९ वर्षीय  छोरा आदित्य शाह रहेको जिल्ला प्रहरी कार्यालय प्युठान प्रवक्ता सुशील थापाले जानकारी दिए । 

यस्तै, मृत्यु हुनेमा तुलसीपुर उपमहानलपारिका  १५ कोठरीका ३५ वर्षीया सरिता शर्मा पोख्रेल, उनका १४ वर्षीय छोरा विशाल पोख्रेल र ९ वर्षीय छोरा विकास पोख्रेल रहेका छन् । 

लु १ च ६३४५ नं. को कार एक्कासी अनियन्त्रीत भई सडक देखि  ५० मिटर तल सडकमा खस्न गई दुर्घटना भएको प्रहरीले जानकारी दिए ।