neapl investment mega bank

सुनको भाउ सामान्य गिरावट

Jun 12th, 2023

काठमाडौं,जेठ २९

नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट आएको छ । आज छापावाला सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । आज चाँदी प्र्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।