neapl investment mega bank

वडा कार्यालय नै मर्कामा

Jun 10th, 2023

सोलुखुम्बु ,२७ जेठ

सोलुखुम्बु जिल्ला नेचासल्यान गाँउपालिकाको ५, वटा वार्डहरु मध्ये स्थानिय वडा नं. १ र ५, गरि दुईवटा वडाहरु ठुलो मर्कामा परेका छन् । सो मर्का ईन्जिनियरिङ्ग कन्सट्रक्सनले भवन निर्माण गर्ने शर्तमा बिगत धेरै बर्ष अगाडि देखि नै पार्दै आएको थियो ।

जिल्ला समन्वय समिति को ६०, र स्थानिय गा.पा. को ४०% साझेदारी लगानीमा वडा कार्यालय भवन निर्माणको सम्झौता गरेको ईन्जिनियरिङ्ग कन्सट्रक्सनले टेण्डरलाई अत्यन्तै न्यून अँकमा उभाएर भएपनि यी दुई वडाहरुलाई “किलकिले” लगाएका हुन्। “किलकिले” लगाएर निदाएको सो कन्सट्रक्सनले एउटा भवन बराबर लगभग १ करोड नौ, लाखको टेण्डरलाई न्यून बिलो अँक ७१ लाख, ७८, हजार, ५१८, मा वडा नं. १, को भवन निर्माण सम्झौता गरेका थिए भने वडा नं. ५, को भवनलाई सो भन्दा २, लाख कममा भवन निर्माण सम्झौता गरेका थिए। भवन निर्माण कार्य सम्पन्नको समयावधि सकिएर सार्बजानिक खरिद नियमावलि – २०६४ को दफा १२० को ३, बमोजिम २५, प्रतिशत अथबा वडा नं.१, को लागि ०८० जेठ मशान्त र वडा नं.५, का लागि ०८० असार मशान्त सम्म दोश्रो पटक निर्माण समय थप गरिएको सो कन्सट्रक्सनका ठेक्केदार भने पुर्ब २, नं.का वार्डध्यक्ष भेषकुमार बास्तोला रहेको बुझिएको छ ।

पटक,पटक ताकेता गर्दापनि अटेर गरेर निदाएका सो कन्सट्रक्सनका ठुक्केदार बास्तोलाले भने आजभोली फोन समेत उठाउन छोडेको कुरा स्थानिय ५ नं.का वार्डध्यक्ष राजन कुमार राईले हामीलाई बताएका छन् । बिगत धेरै लामो समय देखि वडा कार्यालय भवनको अभाबमा स्थानिय वडा नं. – ५, ले बिगत ४ बर्ष यता बार्षिक ८० हजार वडा कार्यालयको घर भाडा तिर्दै आएको छ, भने वडा नं. १, ले बार्षिक १, लाख तिर्दै आएका छन ।

भवन निर्माणमा जनबिश्वास गुमिसकेको कम्पनी तथा ठेक्केदारको यो क्रियाकलापले भवन निर्माणको काम अधुरो मात्र नभएर डरेडि निर्माण गर्दा स्थानिय आम कृषक हरुको सिँचाईमा निरन्तर प्रयोग हुने कुलाको निशाना समेत मेटाई दिएका छन। यसरी दोहोरो मारमा परिरहेका स्थानिय बासी नागरिक हरुलाई मल्हम नबनिदिए.,पनि घाउ नभईदियोस भन्ने जस्तो कमजोर शब्द बोल्न बाध्य भएका छन।

यसरी स्थानिय वडा तथा गा.पा. का जनप्रतिनिधि हरु नै निरीह भएपछि स्थानिय नागरिकहरु गाउँ छोडेर बशैँ जानुको बिकल्प नरहने कालान्तरमा प्रबल देखिएको छ । यसरी स्थानिय आम नागरिकहरुलाई एक, पछि दोश्रो मार् थप्दै जानू र कन्सट्रक्सनका ठेक्केदारलाई निर्माण समयावधि एकपछि अर्को थप् गर्दै जानुले कतै यो श्रङलाबध्द सुनियोजित डिजायन हो कि, भन्ने शँका,उपशंका उठ्न अस्वभाबिक पनि देखिँदैन तशर्थ सम्बन्धित निकायको ध्यानाकर्षण होस् ।