neapl investment mega bank
  • गृहपृष्ठ
  • परराष्ट्र मन्त्री साउदको राजीनामा माग

परराष्ट्र मन्त्री साउदको राजीनामा माग

Jun 5th, 2023

काठमाडौं, जेठ २२

प्रतिनिधि सभाको बैठकमा परराष्ट्र मन्त्री एनपी साउदको राजीनामा मागिएको छ । बैठकमा बोल्दै सांसद साहले परराष्ट्र मन्त्री साउदको राजीनामा मागेका हुन् । उनले भारतीय टेलिभिजलाई दिएको अन्तर्वार्तामा भारतको संसद्‌मा राखिएको नक्शाका विषयमा जानकारी नभएको बताएका थिए । 

‘अखण्ड’ भारत भनेर भारतको संसद्‌मा राखिएको नक्शामा नेपालका कपिलवस्तु र लुम्बिनी पनि समेटिएका छन् । यस विषयमा परराष्ट्र मन्त्रीले गैरजिम्मेवार जवाफ दिएको भन्दै सांसद साहले राजीनामा मागेका हुन् ।