neapl investment mega bank
  • गृहपृष्ठ
  • सुनकोशी नदीमा जीप खस्दा जीपमा सवार सीटीईभिटीका ३ कर्मचारी कर्मचारी वेपत्ता

सुनकोशी नदीमा जीप खस्दा जीपमा सवार सीटीईभिटीका ३ कर्मचारी कर्मचारी वेपत्ता

Jun 2nd, 2023

सिन्धुली १९ जेठ

मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका ७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ । आज जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिटी)का कर्मचारी सवार बा१झ ७४६७ नम्बरको जीप काठमाडौँबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको हो ।

जीपमा चार जना सवार रहेको र एक जना जीवितै सुनकोशी नदीबाट निस्कन सफल भए पनि बाँकी तीन जनाको अवस्था अज्ञात रहेको उनले बताए ।

गाडीमा सवार रहेकाको पहिचान हुन सकेको छैन । बेपत्ताहरुको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको उनले जानकारी दिए ।