neapl investment mega bank
  • गृहपृष्ठ
  • बागमती प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने

बागमती प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने

Jun 2nd, 2023

काठमाडौं, जेठ १९

बागमती प्रदेशसभा बैठक आज  पनि बस्दैछ । आज बिहान १०ः३० बजेका लागि बैठक आह्वान गरिएको छ । उक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०-०८१ को लागि सार्वजनिक गरिएको सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

शुक्रबारको बैठकमा नीति तथा कार्यक्रममाथि उठेको प्रश्न बारे सरकारका तर्फबाट मुख्यमन्त्री र मन्त्रीहरुले जवाफ दिनेछन् भने त्यस लगत्तै प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम पारितका लागि निर्णायार्थ पेस गर्नेछन् ।