काठमाडौ १८ जेठ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्रीबीच नयाँदिल्लीको हैदरावाद हाउसमा कुराकानी भएको हो ।
द्विपक्षीय वार्तापछि दुबै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। यसअघि प्रधानमन्त्री प्रचण्डले आज बिहान महात्मा गान्धीको समाधीस्थलमा पुगेर पुष्पहार अर्पण गरेका थिए।
कुराकानी पछि भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवा भोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।
प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि आजै भेटवार्ता गर्ने कार्यसूची छ ।