काठमाडौं, जेठ १८
नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ ।
योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेकोे छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९ सय ५० हजार रुपैयाँमा किनबेच भइरहको छ ।
यता, चाँदी पनि १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १४ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।