neapl investment mega bank
  • गृहपृष्ठ
  • बालेनको चेतावनीपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सबै अस्पतालमा निशुल्क शैय्या छुट्याउन ताकेता

बालेनको चेतावनीपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सबै अस्पतालमा निशुल्क शैय्या छुट्याउन ताकेता

May 31st, 2023

काठमाडौ १७ जेठ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालमा निशुल्क शैय्या छुटाउन निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयले सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरूमा संस्था संचालन सम्बन्धी मापदण्ड अनुसार १० प्रतिशत शैय्या निशुल्क उपचारको लागि छुटाउन निर्देशन दिएको हो ।

काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले १० प्रतिशत निशुल्क शैय्या नछुटाउने ६८ अस्पताललाई शैय्या छुटाउन अल्टिमेटम दिएका थिए । साथै उक्त स्वास्थ्य संस्थालाई कानुनको परिधिभित्र ल्याउन स्वास्थ्य मन्त्रीसमक्ष अनुरोध गरेका थिए । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य संसथा संचालन सम्बन्धि मापदण्ड, २०७७ दफा ७० घ मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, वेबारिसे विरामीका लागि कुल शैय्याको १० प्रतिशत छुटाउनुपर्ने व्यवस्था रहेको भन्दै उक्त निर्देशन जारी गरेको हो ।

त्यस्तै सोही मापदण्डको ७२ ९ट० विपरीत बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधि समेत खुलाएको बडापत्र अस्पतालमा देखिने गरी नराखेको, अस्पतालमा पार्किङ शुल्क लिने गरेको र कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिक समेत उपलब्ध नगराएको पाएकोले सचेत गराएको छ ।

मन्त्रालयले कतिपय स्वास्थ्य संस्थाहरूमा अकस्मिक अनुगमनका क्रममा तोकिएका मापदण्ड पुरा नगरेको देखिएको र यसअघि गरिएको परिपत्रको समेत बेवास्ता गरेको पाइएकाले बुधवारको सचिव स्तरको निर्णयले मापदण्ड पूर्ण पालना गर्न भनेको छ ।