neapl investment mega bank
  • गृहपृष्ठ
  • आर्थिक वर्ष २०८०/८१ का लागि मन्त्रालयहरुमा यसरी गरियो बजेट बाँडफाँट

आर्थिक वर्ष २०८०/८१ का लागि मन्त्रालयहरुमा यसरी गरियो बजेट बाँडफाँट

May 30th, 2023

काठमाडौँ १६ जेठ

आगामी आर्थिक वर्ष २०८०र८१ का लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट बिनियोजन गरेको छ । जसमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड ९६५ दशमलव २० प्रतिशत०, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ (१७ दशमलव २५ प्रतिशत) रहेको छ ।

आगामी बर्षको लागि केही मन्त्रालयको बजेट बढाइको छ भने केही मन्त्रालयको घटाइउको छ। अर्थमन्त्री डा। प्रकाशशरण महतले सङ्घीय संसद्मा प्रस्तुत गरेको बजेट वक्तव्य अनुसार २० ओटामध्ये ८ ओटा मन्त्रालयको बजेट वृद्धि गरिएको छ भने १२ ओटा मन्त्रालयको बजेट घटाइएको छ ।

गृह, अर्थ, कृषि, भूमि, रक्षा, शहरी विकास र शिक्षा मन्त्रालयको बजेट बढ्दा कानुन, उद्योग, उर्जा, खानेपानी, पर्यटन, परराष्ट्र, भौतिक पूर्वाधार, महिला तथा बालबालिका, युवा तथा खेलकुद, सञ्चार तथा सूचना, सङ्घीय मामिला, स्वास्थ्य र श्रम मन्त्रालयको बजेट घटेको देखिन्छ । सबैभन्दा बढी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट ३० अर्ब रुपैयाँले घटेको छ भने गृहमन्त्रालयको बजेट सबैभन्दा बढी ८ अर्ब रुपैयाँले बृद्धि भएको छ ।

आगामी आर्थिक वर्षमा सबैभन्दा बढी गृह मन्त्रालयका लागि १ खर्ब ९४ अर्ब, १६ करोड ५३ लाख रुपैयाँ बराबरको बजेट विनियोजन भएको छ भने सबैभन्दा कम कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका लागि ७७ करोड ५६ लाख विनियोजन भएको छ ।

अर्थ मन्त्रालयका लागि सरकारले ४७ अर्ब २७ करोड ६५ लाख रुपैयाँ बजेट छुट्याएको छ भने
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि ९ अर्ब ४५ करोड ९६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका लागि ८७ अर्ब ४५ करोड चार लाख रुपैयाँ बजेट विनियोजन भएको छ भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लागि बजेट बढाएर ५८ अर्ब ९८ करोड पुगेको छ ।

त्यस्तै सरकारले आगामी आर्थिक बर्षका लागि खानेपानी मन्त्रालयका लागि २८ अर्ब १५ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि ११ अर्ब ९६ करोड २६ लाख रुपैयाँ बजेट छुट्याएको छ । साथै परराष्ट्र मन्त्रालयको लागि आगामी आर्थिक बर्षका लागि ६ अर्ब २ करोड ५७ लाख बजेट विनियोजन गरेको छ ।

वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ५५ करोड ८७ लाख रुपैयाँ बजेट छुट्याएको छ । भने
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको लागि ७ अर्ब २४ करोड रुपैयाँ छुट्याएको छ ।
यसैगरी सरकारले आगामी आर्थिक बर्ष २०८०र८१ को बजेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरिएको उल्लेख छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि सरकारले १ अर्ब ५७ करोड ६२ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

युवा तथा खेलकूद मन्त्रालयका लागि २ अर्ब ८७ करोड ५९ लाख बजेट विनियोजन गरिएको छ भने
रक्षा मन्त्रालयका लागि ५८ अर्ब ८४ करोड ४६ लाख रुपैयाँ बजेट पाएको छ । त्यस्तै सरकारले शहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड ५५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि सरकारले १ खर्ब ९७ अर्ब २९ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ८ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ८३ अर्ब ९९ करोड १८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । साथै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।