neapl investment mega bank

नेपाल कम्युनिष्ट पार्टीको धारणा

May 30th, 2023

काठमाडौं,जेष्ठ १६
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्ने तिथिमिति तय गरेर भ्रमणको तयारी गरिरहेको बेला भारतले नयाँ संसद भवनमा अखण्ड भारत भनेर निकालेको नबिन नक्शा(भित्ते चित्र)मा नेपालकाको लुम्बिनी र कपिलबस्तुलाई समेत गाभेर नक्शा प्रकाशित गरेको र संसद भवनमा राखिएको सम्वन्धमा नेपाल, भारत र बिश्वभरीकै पत्रकपत्रिकामा समाचार प्रकाशित भएका छन् ।

यो नेपालको सार्बभौमिक भू–अखण्डता माथिको नाङ्गो आक्रमण र गम्भीर कुरा हो भन्ने प्रष्ट छ । अत यस सम्वन्धमा नेपाल सरकारले नेपाली जनता समक्ष तत्काल यथार्थ खुलस्त र प्रष्ट पारोस् र भारतको यो जोर जबर्जस्तीको बिरोध जनाओस् र भाारत भ्रमण स्थगित गरोस भन्ने नेपाल कम्युनिष्ट पार्टी जोडदार माग गर्दछ ।

भारतले यस अघि पनि लामो समयदेखि नेपालको कालापानी क्षेत्रको भूमिमाथि अतिक्रमण गरिराखेको अन्ततः त्यो नेपालको भौगोलिक अखण्डत क्षेत्रको जमिन भारतमा गाभेको नक्शा बनाएर बिबादलाई अझ चर्काएको र नेपालका अनेक ठाउँ सीमा मिचेको कुरा सर्ब बिदितै छ । नेपालको जलश्रोतमाथि पनि भारतले कब्जा जमाइरहेको र नेपाललाई निरन्तर कमजोर तुल्याउने नेपालका श्रोत साधनमाथि थप कब्जा जमाउने क्रम जारी रहेको छ ।

यस पृष्ठभूमिमा दुइ देशका बीचको सम्वन्ध सुध्रिनको साटो झनपछिझन बिग्रदै गएको सन्दर्भमा प्रधानमन्त्रीको भारत भ्रमण सन्देहास्पद बन्दछ । अतः यो भ्रमणबाट नेपाललाई अझ अप्ठ्याराेमा पार्ने आशंका बढेेेकाे र हालालाई यो भ्रमण गरिनु उपयुक्त नहुने नेपाल कम्युनिष्ट पार्टीको स्पष्ट धारणा छ । यस्तो गम्भीर स्थितिमा नेपाली जनता सजग र संघर्षशील बन्नु बाहेक अरु बिकल्प छैन ।