काठमाडौँ १५ जेठ
आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ । आगामी आर्थिक वर्षको बजेट पारित गर्न
मन्त्रिपरिषद् बैठक सिंहदरवारमा बस्न लागेको हो ।
सिंहदरवारमा बस्न लागेको उक्त बैठकले बजेट पास गरेपछि अर्थमन्त्री डा। प्रकाशशरण महतले आज दिउँसो ४ बजे संघीय संसद्मा पेस गर्ने भएका छन् ।
साथै बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका विषयमा पनि छलफल गरी टुङ्ग्याउने बताइएको छ ।