काठमाडौं १४ जेठ
पशुसेवा विभाग हरिहर भवन ललितपुरका लेखा अधिकृत रमेश कार्कीले लुलु मिडिया एण्ड पब्लिकेशन प्रा. लि तथा आधारभूमि अनलाइनका अध्यक्ष वलराम वाग्लेलाई अभद्र व्यवहार गरेका छन् । भ्रष्टाचारको अभियोगमा सजाय भुक्तान गरेर पुनः सोही कार्यालयमा कार्यरत रहेका कार्कीले सेवाग्राहीलाई दुव्र्यवहार गरेका हुन् ।
कार्की चार वर्ष अघि सेवाग्राहीसँग ८ हजार ५ सय घुस लिएको अभियोगमा पक्राउ परेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्की विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।लुलु मिडिया एण्ड पब्लिकेशन प्रालिको कारण आफू पक्राउ परेको भन्दै आक्रोश पोखेका थिए । उनले अध्यक्ष वाग्लेलाई आइतबार दिउँसो आफ्नो कार्यकक्षमै अभद्र व्यवहार गरेको वाग्लेले वताए । यस विषयमा अख्तियारलाई समेत जानकारी गराएको वाग्लेले बताए ।
कार्कीले २०७६ सालमा पशुसेवा विभाग हरिहरभवन पुल्चोक ललितपुरबाट गोरखापत्र विज्ञापन सूचना प्रकाशित गरी नियमानुसार भुक्तानी लिई सकेपछि उक्त बिल भुक्तानी गरेबापत लुलु मिडियासंग घुस लिएका थिए ।