neapl investment mega bank
  • गृहपृष्ठ
  • गरिबी घट्दै, १५.१ प्रतिशत जनसंखया गरिबीको रेखामुनि

गरिबी घट्दै, १५.१ प्रतिशत जनसंखया गरिबीको रेखामुनि

May 28th, 2023

काठमाडौँ १४ जेठ

आर्थिक सर्वेक्षण २०७९/८० को अनुसार सरकारले पछिल्ला वर्षमा गरिबीको सङ्ख्या घटेको जनाएको छ। नेपालमा १५.१ प्रतिशत जनसंखया गरिबीको रेखामुनि रहेको सर्वेक्षणमा उल्लेख छ ।

गरिबीको रेखामुनि रहेको ठूलो जनसंख्या अहिले पनि ग्रामिण भेगमा बस्ने गरेको छ । सरकारले नेपालको निरपेक्ष गरिबीको रेखामुनि रहेका जनसङ्ख्या घटेर १५.१ प्रतिशतमा झरेको जनाएको हो । जबकि आर्थिक वर्ष २०७५/ ७६ मा यस्तो गरिबीको सङ्ख्या १८ प्रतिशत हाराहारी रहेको जनाइएको थियो ।

समीक्षा अवधिमा बहु आयामिक गरिबीमा रहेको जनसङ्ख्या १७।४ प्रतिशत रहेको छ । राष्ट्रिय योजना आयोग, २०७९ का अनुसार मानव विकास प्रतिवेदन, २०२१ अनुसार नेपालको मानव विकास सूचकाङ्क ०.६०२ पुगेको छ।

प्रतिवेदनअनुसार मानव विकासको विश्व श्रेणीमा नेपाल १४३ औँ स्थानमा रहेको छ। शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सामाजिक क्षेत्रमा बढ्दै गएको लगानीका कारण सामाजिक क्षेत्रका परिसूचकमा क्रमिक सुधार हुँदै गई मानव विकास सूचकाङ्क सन् १९९० देखि २०२१ सम्म वार्षिक औसत १.३४ प्रतिशतले बढेको छ।