neapl investment mega bank
  • गृहपृष्ठ
  • भ्रष्टहरुलाई देशबाट नलखेटेसम्म आफूहरुले विश्राम नलिने रवी लामिछानेको प्रतिवद्धता

भ्रष्टहरुलाई देशबाट नलखेटेसम्म आफूहरुले विश्राम नलिने रवी लामिछानेको प्रतिवद्धता

May 27th, 2023

काठमाडौ १३ जेठ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकका भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन्। सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै भ्रष्टहरुलाई देशबाट नलखेटेसम्म आफूहरुले विश्राम नलिने बताएका हुन्।

उनले कुनै पनि भ्रष्टहरुको विषयमा हामी निर्मम भएर अगाडि बढ्ने बताउँदै नेपाली जनताले आफ्नो पार्टीलाई भ्रष्टाचार नियन्त्रणका लागि मत दिएकोले सो कामलाई पहिलो प्राथमिकता दिएर अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे।

शनिबार पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूमाथि जतिसुकै मुद्दा लगाइएपनि, घेराबन्दी गरेपनि भ्रष्टाचार विरुद्धको पार्टीको अभियान नरोकिने बताए। जतिसुकै घेराबन्दी र मुद्दा चलेपनि भ्रष्टहरुको जरो नउखल्दासम्म आफूहरु विश्राम नलिने उनले बताए।

सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीको अनुसन्धानमाथि पनि आफूहरुलाई शंका लागेकाले संसदीय विशेष समिति बनाएर छानविन गर्न माग गर्नु परेको स्पष्ट पारे।

संसदीय विशेष समिति बनाएर सो प्रकरणमा संलग्नहरुलाई कारबाही गर्नका लागि आफ्नो पार्टीले सक्दो पहल गर्ने उनको भनाइ छ ।