neapl investment mega bank
  • गृहपृष्ठ
  • आजको मौसम; पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना

आजको मौसम; पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना

May 27th, 2023

काठमाडौं, जेठ १३

नेपालमा पश्चिमी  निम्न चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार हाल कोशी र बागमती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र देशका अन्य भूभागमा आंशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका तराईका केही स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख गरेको छ ।

राती कोशी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।