neapl investment mega bank
  • गृहपृष्ठ
  • भोलि शनिबार हाटखोला मैदान, विराटनगरमा एनसेल कन्सर्ट

भोलि शनिबार हाटखोला मैदान, विराटनगरमा एनसेल कन्सर्ट

May 26th, 2023

काठमाडौं, जेठ १२
चर्चित कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुतीका साथ एनसेल आजियाटा लिमिटेडले भोलि शनिबार, जेठ १३ गते हाटखोला मैदान, विराटनगरमा भव्य कन्सर्टको आयोजना गर्न गईरेहको छ । यसका लागि सम्पुर्ण तयारी पुरा भएको एनसेलले जनाएको छ ।

कन्सर्टमा चर्चित कलाकारहरु तथा ब्याण्ड दिपक बज्राचार्य र रिदम ब्यान्ड, आषिश राना (लाउरे), शिव परियार, द एलिमेन्ट्स, अस्मिता अधिकारी, सुनिल पण्डित, कलाकार केकी अधिकारी आदीको आ–आफ्ना प्रस्तुतीहरु राखी दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने छन् । कन्सर्ट दिउँसो २ बजेबाट सुरु भई बेलुका ८.३० बजे सम्म चल्ने छ ।

यस सांगीतिक कार्यक्रममा सहभागी हुन ईच्छुक एनसेलका ग्राहकहरुले नजिकैको एनसेल सेन्टर वा आधिकारिक बिक्रेताकोमा सम्पर्क गरि कार्यक्रमको टिकट लिन सक्छन् । त्यसैगरी कन्सर्ट हुने स्थान हाटखोला मैदानबाट पनि ग्राहकहरुले टिकट लिन सक्छन् ।

“म लगायत रिदम ब्यान्डका साथीहरु र अन्य थुप्रै साथीहरुले यो कार्यक्रममा प्रस्तुती राख्दै छौं । आफ्ना साथीभाई, परिवारका सदस्यहरुसँग आउनुहोस् सँगै मिलेर रमाईलो गरौं,” दिपक बज्राचार्यले कार्यक्रमको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै भने । द एलिमेन्ट्स ब्याण्डले दर्शकहरुलाई आफ्नो गीत संगितले भरपुर मनोरञ्जन प्रदान गर्न आफुहरु तयार रहेको बताएको छ ।

पुर्वमा रमाईलो गर्ने संयोग जुटेकोले दर्शकहरुलाई यो मौका नगुमाउन आषिश राना (लाउरे) ले सुझाव दिएका छन् । कन्सर्टको प्रत्यक्ष प्रशारण एनसेलको फेसबुक पेजबाट पनि हुने भएकाले देश विदेशमा रहनुभएका सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले पनि यस कार्यक्रमको मजा लिन सक्नेछन् ।

यस कार्यक्रममा सहभागी सबैको सेवा सुविधाकोलागि कार्यक्रम स्थलमा एनसेलको स्टल पनि रहने छ । यस स्टल मार्फत कम्पनीले प्रदान गर्दै आएको सेवा तथा सुविधाहरुका बारेमा जानकारी लिन सक्नेछन् । यस कार्यक्रमले हाल बजार शिथिल देखिएको अवस्थामा व्यापार तथा व्यावसायलाई चलायमान बनाउन सहयोग गर्ने विश्वास लिईएको छ ।

यस अघि एनसेलले नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते शनिवार काठमाडौंको दरवारमार्गमा एनसेल प्रिजेन्टस् १६ औं दरवारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे भव्य रुपमा आयोजना गरेको थियो । अर्थतन्त्र, पर्यटन व्यवसायलाई चांडोभन्दा चाँडो पुनरुत्थान, नव उत्थानमा लैजाने, आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पु¥याउने, लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्ने लगायतका उद्देश्य राखी पर्पल स्याटर्डे आयोजना गरिएको थियो ।

एनसेलको बारेमा
एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । सन्२००४ मा स्थापित यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरूलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ ।

सरकारले अंगिकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउँदै एनसेलले आधुनिक मोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवा प्रदान गरिरहेको छ । उच्च गतिको मोबाइल ब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत्फोरजी नेटवर्कमार्फत सेवा प्रदान गरिरहेको छ । यसले नयाँ अवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डो¥याइरहेको छ ।

एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो । स्थापनादेखि गत आर्थिक वर्ष २०७८÷७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ । त्यसैगरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा व्यावसायिक सामाजिक जिम्मेवारी ( सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ ।

एनसेल, आजियाटा गु्रप बर्हादअन्तर्गतको एक कम्पनीको हो । आजियाटाको साथमा एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँचभित्र ल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउन प्रतिबद्ध छ । एनसेल ३ अगस्ट २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो । एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।