काठमाडौं जेठ १२
नेकपा एमालेका सांसदहरूले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ। अवरोध भएपछि प्रतिनिधि सभा बैठक २० मिनेटका लागि स्थगित गरिएको छ ।
पशुपतिनाथमा सुनको जलहरी भनेर पित्तलको जलहरी चढाइएको आरोप पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको भन्दै नेकपा एमालेले बैठक अवरोध गरेको हो ।
शुक्रबार संसद बैठक शुरु हुनासाथ एमाले सांसदहरुले उभिएर बैठक अवरोध गरेका थिए। एमाले सांसदहरूले सरकारविरुद्ध नाराबाजी गर्दै बेल घेराउ गरेका थिए । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रमुख प्रतिपक्ष दलका नेतामाथि लगाइएको सो आरोप पुष्टि नभएसम्म संसद् चल्न नदिने अडान ाखेका थिए ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका सांसदहरूले संसद् चल्न नदिने अडान लिएका थिए ।