neapl investment mega bank
  • गृहपृष्ठ
  • नक्कली भुटानी शरणार्थी प्रकरणः बयानकै आधारमा पक्राउ गर्न नमिल्ने गृहमन्त्रीको भनाइ

नक्कली भुटानी शरणार्थी प्रकरणः बयानकै आधारमा पक्राउ गर्न नमिल्ने गृहमन्त्रीको भनाइ

May 25th, 2023

काठमाडौँ ११ जेठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोही व्यक्तिले दिएको बयानकै आधारमा मात्रै पक्राउ गर्न नमिल्ने भएकाले थप अनुसन्धान भइरहेको बताए। उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा नाम आएकाहरूको थप अनुसन्धान भइरहेको बताएका छन्।

बिहीबार नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरण’ निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले राजनीतिक दलहरूले नागरिकलाई जीवन फेरिएको अनुभूति दिन नसकेको भन्दै उनले देशमा भ्रष्टाचारको जालो व्याप्त रहेको र कमिसनको जालो नतोड्दासम्म समृद्धिको यात्रा सफल हुन नसक्ने बताए ।

प्रहरीलाई राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र र निष्पक्ष रुपमा छानबिन गर्न निर्देशन दिएको उनको भनाइ छ ।