neapl investment mega bank

देखाइयो रातो मच्छिन्द्रनाथको भोटो

May 25th, 2023

ललितपुर, जेठ ११

वर्षा र सहकालका देवता मानिएका रातो मच्छिन्द्रनाथको भोटो आज देखाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, उपरराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विशिष्ट व्यक्ति तथा सर्वसाधारणको उपस्थितिमा भोटो देखाइएको छ ।

ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको हो । गुठी संस्थान कार्यालय ललितपुरका प्रतिनिधिले भोटो देखाउने चलन छ । अब रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुंगमती पुर्‍याइन्छ ।