काठमाडौं ८ जेठ
प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३२ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको प्रतिवेदन सरकारी वकिललाई बुझाउँदै उनीहरुविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई प्रतिवेदन बुझाएको हो ।
प्रहरीले मुद्दा चलाउन सिफारिस गरेको ३२ मध्ये १६ जनालाई प्रकाउ गरेर थुना राखेको छ भने भने १६ जना फरार रहेका छन् ।
प्रहरीले उनीहरुविरुद्ध संगठित अपराध, ठगी र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन सिफारिस गरिएको छ ।