neapl investment mega bank

सुनको मूल्य यथावत

May 22nd, 2023

काठमाडाैं । नेपाली बजारमा सोमबार सुनको मूल्य यथावत रहको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।