ललितपुर, जेठ ७
ललितपुरका सासंद रामकृष्ण चित्रकार वागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्री र विना विभागीय मन्त्रीका रुपमा नियुक्त भएका छन् ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई मन्त्री नियुक्त गरेका हुन् । आइतबार ६ जनालाई मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख शर्माले पद तथा गोपनीयताको शपथ खुवाएका छन्।