neapl investment mega bank
  • गृहपृष्ठ
  • नक्कली भुटानी शरणार्थी प्रकरणः बयान लिने कार्य अन्तिम चरणमा

नक्कली भुटानी शरणार्थी प्रकरणः बयान लिने कार्य अन्तिम चरणमा

May 21st, 2023

काठमाडौं जेठ ७

नक्कली भुटानी शरणार्थी प्रकरणमाअहिलेसम्म एक भूतपूर्व उपप्रधानमन्त्री, एक पूर्वगृहमन्त्री तथा एक बहालवाला सचिवसहित १६ जना पक्राउ परिसकेका छन् । उक्त प्रकरणमा बिहीवार भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेसँगै प्रहरी नियन्त्रणमा रहेकाहरूको सङ्ख्या १६ जना पुगेको हो ।

पक्राउ परेका मध्ये बहालवाला सचिव अहिले निलम्बित अवस्थामा छन् । उनीहरूविरुद्ध ठगी र सङ्गठित अपराधमा मुद्दा चलाउने तयारी भैरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त प्रकरण आकर्षित हुने अन्य थप अभियोगहरू पनि लगाइने छ । त्यस्तै अख्तियार दुरुपयोग तथा सम्पत्ति शुद्धीकरणका मामिलामा सम्बन्धित निकायलाई कारबाही अघि बढाउन लेखेर पठाउन सकिने वताइएको छ ।

उक्त प्रकरणको अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरका अनुसार आरोप लागेका व्यक्तिहरूको बयान लिने तथा अनुसन्धान गर्ने कार्य अन्तिम चरणमा रहेको छ ।