neapl investment mega bank

बढ्यो सुनचाँदीको मूल्य

May 21st, 2023

काठमाडौं, जेठ ७

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । आजको मूल्यसूची तय गर्दै महासंघले शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ८०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ । 

यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १३ सय ८५ रुपैयाँ कायम भएको जनाएको छ ।