आधारभूमि जेठ ६, ललितपुर ।
मेरो समय “राष्ट्रको लागि हप्ताको २ घण्टा समाज सेवा”मा भन्ने मूल नाराका साथ ललितपुरको दक्षिणबाट उत्तर तिर बग्ने एक मात्र धार्मिक नदी गोदावरी खोला क्षेत्र सरसफाई अभियानको २२२ हप्ता भब्यरुपमा सम्पन्न गरेको छ । अभियानमा महालक्ष्मीनगरपालिका उपमेयर लक्ष्मी महर्जकोे प्रमुख आतिथ्यता सम्पन्न भएको छ । अभियानमा बोल्दै खोला सरसफाई गर्ने मात्र नभएर हामी सम्पूर्ण नगरबासीले खोलामा फोहोर फाल्न हुदैन भन्ने चेतना विकास नभएसम्म खोला गोदावरी खोला सफा नहुने धारणा राखिन ।
त्यस्तै, महालक्ष्मी वन सव डिभिजन कार्यालय र महालक्ष्मी नगरपालिकाको संयुक्त सहयोगमा गोदावरी खोला सरसफाई भएको गोदावरी खोला क्षेत्र सरसफाईकी संयोजक बेबी राजभण्डारीले बताईन् ।
विशेष अतिथि जिल्ला वन कार्यालयका राम कुमार भण्डारी, अतिथिहरुमा महालक्ष्मी वन सव डिभिजन कार्यालयकी प्रेमा थापा, आधारभूमि डटकमका अध्यक्ष बलराम वाग्ले, कान्तीपुर दैनिकका कृष्ण शरण पौडेल, बागमती सरसफाई अभियन्ता, तथा गोदावरी खोला क्षेत्र सरसफाईका अभिभावक चित्र सुनुवार, अभियान्ता नारायणी पाण्डे, अभियान्ता गाेपी कार्की, राजदल गणका नेपाली सेनाहरु, प्रहरी प्रभाग लुभूका सई प्रणामी सन्तोष कुमार बुढाथोकी, महालक्ष्मी मा.वि.का प्रिन्सिपल, विद्यार्थीहरु, पाठशालाका प्रिन्सिपल, विद्यार्थीहरु, वालकुञ्जका प्रिन्सिपल, विद्यार्थीहरु लगायत अन्य विद्यालयका प्रिन्सिपल तथा विद्यार्थीहरु, पातले सामुदायिक वन समितिका अध्यक्ष हिरा बहादुर पौडेल, संग निरंकारी नेपालकी सह संचालिका सरस्वती महर्जन, विभिन्न दलका नेता तथा कार्यकर्ताहरु, ५देखि ९ वडाका वडा अध्यक्ष तथा सदस्य प्रतिनिधिहरुले खोला सरसफाई गरी अभियान सम्पन्न गरेका थिए ।
