neapl investment mega bank
  • गृहपृष्ठ
  • भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई राज्यविरुद्धको कसुरमा मुद्दा चलाउन माग

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई राज्यविरुद्धको कसुरमा मुद्दा चलाउन माग

May 17th, 2023

काठमाडौँ ३ जेठ

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई राज्यविरुद्धको कसुर सहित ४ वटा कसुरमा मुद्दा चलाउन राष्ट्रिय प्रजातन्त्र पार्टीले माग गरेको छ ।

राप्रपाको जेठ १, २ र ३ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजान राज्य शक्तिको दुरुपयोग केबल अङ्कको भ्रष्टाचार मात्र नभएको जिकिर गरेको छ ।

राप्रपा प्रवक्ता सगुन लावतीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानुनबमोजिम आकर्षित हुने राज्य विरुद्धको अपराध, ठगी, सङ्गठित अपराध र सरकारी दस्तखत कीर्ते लगायतका कसुरमा कारबाही चलाउन राप्रपा जोडदार माग गर्दछ ।’