neapl investment mega bank
  • गृहपृष्ठ
  • नक्कली शरणार्थी प्रकरणमा आफ्नो चरित्रमाथि औँला ठड्याउने काम भएको आरजु राणाको दावी

नक्कली शरणार्थी प्रकरणमा आफ्नो चरित्रमाथि औँला ठड्याउने काम भएको आरजु राणाको दावी

May 15th, 2023

काठमाडौँ १ जेठ

नेपाली कांग्रेसका सांसद डा आरजु राणाले नक्कली शरणार्थी प्रकरणमा आफूलाई जोडेर गलत प्रचार गरिएकामा आपत्ति जनाएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उनले आफ्नो चरित्रमाथि औँला ठड्याउने काम भएको र त्यसबारे आफूले उजुरी दिन पनि कञ्जुस्याइँ गरेको बताइन् ।

उनले मानव तस्करीको जालो रोक्न सरकारले कडा प्रयास गरोस् भन्दै नक्कली भुटानी शरणार्थी प्रकरणलाई शीघ्र निष्कर्षमा पु¥याउन आग्रह गरिन् । सांसद देउवाले आफ्नो नाममा गलत टेप बनाएर अनधिकृत प्रचार गरिएकाले आपत्ति प्रकट गरिन् । उनले यो प्रकरणलाई शीघ्र निष्कर्षमा पुगोस् भन्नेमा आफू आतुर रहेको बताइन् ।

सांसद रघुजी पन्तले नेपालको भुक्तानी प्रणालीको सूचना कुनै पनि विदेशी कम्पनीलाई दिन नहुने बताए । उहाँले सरकारले देशहितको रक्षा गर्नुपर्नेमा जोड दिँदै राष्ट्रहितविपरीतका कुनै पनि गतिविधि नगर्न आग्रह गरे । सांसद पन्तले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा मुलुकलाई अप्ठ्यारो पार्ने कुनै पनि गतिविधि नगर्न ध्यानाकर्षण गराए ।

‘नक्कली शरणार्थी प्रकरण देशद्रोह हो’

सांसद देवेन्द्र पौडेलले अर्थतन्त्रको वर्तमान अवस्थाबारे यथार्थ विवरण पेस गर्दै सरकारले अगाडि बढाएको आर्थिक सुधारको कामलाई साथ र सहयोग दिन सबै राजनीतिक दल तथा सरोकारवालालाई ध्यानाकर्षण गराए ।

उनले भ्रष्टाचारको विषय पक्ष र प्रतिपक्षको विषय नभएको उल्लेख गर्दै सरकारले पछिल्ला दिनमा सुरु गरेको नक्कली शरणार्थी प्रकरणलाई तार्किक निष्कर्षमा पु¥याउनुपर्ने बताए । नक्कली शरणार्थी प्रकरणका विषयलाई निष्कर्षमा पु¥याउन छाडेर अरु विषय उठाएर यो प्रकरणलाई ओझेलमा पार्न खोजिएको उनको टिप्पणी थियो ।

भ्रष्टाचार सूचकाङ्कमा नेपालको अवस्था असाध्यै कमजोर रहेको तथ्य पेस गर्दै सांसद पौडेलले छानबिनको प्रक्रियामा रहेको विषयलाई निष्कर्षमा पु¥याउनैपर्ने उल्लेख गरे । विगतका ठूला भ्रष्टाचार काण्डका रुपमा परिचित ओम्नी, बालुवाटार, सुरक्षण मुद्रण प्रकरणको पनि छानविन हुने सांसद पौडेलको भनाइ छ । सांसद पौडेलले नक्कली शरणार्थी प्रकरण सङ्गठित अपराध, कीर्ते ठगी, मानव बेचविखन र देशद्रोहसमेत भएकाले दोषीलाई कडा कारबाहीको दायरामा ल्याउनैपर्ने बताए ।

सांसद गणेश पराजुलीले नेतृत्वमा रहेकाले नै राज्यशक्तिको दुरुपयोग गरेर भ्रष्टाचार र अनियमितता गरेको पाइएको तथ्य पेस गर्दै आफ्नो पार्टीका नेता दोषी ठहरिँदा जोगाउन लागिपरेको आरोप लगाए । नक्कली शरणार्थी प्रकरणमा वर्तमान सरकार र गृह मन्त्रालयले देखाएको तदारुकतालाई धन्यवाद दिँदै उनले यसमा जोडिएका सबैलाई कारबाहीको दायरामा ल्याउन कुनै कमजोरी नगर्न आग्रह गरे ।

सांसद ज्ञानबहादुर शाहीले भ्रष्टाचारको आरोप लागेका नै भ्रष्टाचार विरोधी आन्दोलनमा लागेको देख्दा आफूलाई दिक्क लागेको बताए । उनले भ्रष्टाचार नियन्त्रणका लागि सदनले नै कडा कानुन बनाउनुपर्ने बताए ।

सांसद नवलकिशोर साहले भ्रष्टाचार प्रकरणले मुलुकको प्रतिष्ठा गिराएकाले सरकारले नक्कली शरणार्थी प्रकरणका बारेमा सत्य तथ्य सदनलाई जानकारी गराउन माग गरे । सांसद शेरबहादुर कुँवरले पनि नक्कली शरणार्थी प्रकरणमा सरकारले अगाडि बढाएको कारबाही प्रक्रियाले दण्डहिनताको अन्त्य हुने विश्वास व्यक्त गरे । उनले अनेकन काण्डैकाण्डका कारण पञ्चायती व्यवस्था ढलेको तथ्य पेस गर्दै जनताको बलिदानबाट स्थापित वर्तमान राजनीतिक प्रणालीलाई कमजोर बनाउने काम नगर्न आग्रह गरे ।

सांसद अब्दुल खानले नेपाली नागरिकका सन्तानलाई सरकारले कहिले नागरिकता प्रदान गर्ने हो रु भन्ने प्रश्न गर्नुभयो । उहाँले नागरिकताविहीन नागरिकलाई तत्काल नागरिकता दिने प्रबन्ध गर्न माग गरे ।