neapl investment mega bank
  • गृहपृष्ठ
  • जेठ १० गतेभित्र नीति तथा कार्यक्रम पेस गर्न काठमाडौँ महानगरपालिकाको निर्देशन

जेठ १० गतेभित्र नीति तथा कार्यक्रम पेस गर्न काठमाडौँ महानगरपालिकाको निर्देशन

May 15th, 2023

जेठ १ काठमाडौ

आगामी आर्थिक वर्षका कार्यक्रम तर्जुमा गरेर जेठ १० गतेभित्र पेस गरिसक्न काठमाडौँ महानगरपालिकाले विभागीय प्रमुखलाई निर्देशन दिएको छ । प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीका अनुसार विभागीय प्रमुखहरूको बैठकमा चालु आर्थिक वर्षको सिलिङ नबढ्ने गरी, कार्यान्वयन योग्य कार्यक्रम तर्जुमा गर्न विभिगीय प्रमुखहरूलाई निर्देशन दिइएको हो।

“महानगर गौरवका योजना के हुन सक्छन् ? सोच र परिकल्पना पत्र निर्माण गर्नुहोस्”, अधिकारीले भने, “हामीले महानगर कस्तो बनाउन चाहेका छौँ । कार्यक्रमबाट देखिनुपर्छ । यी कार्यक्रम नागरिकसँग जोडिने खालका हुनुपर्छ । कार्यान्वयन योग्य हुनुपर्छ ।”

आर्थिक वर्ष २०८०/८१ अधुरा योजना पूरा गर्ने वर्ष हुने र त्यसपछि कुनै पनि अधुरा योजना बाँकी नरहने गरी कार्यक्रम तर्जुमा गर्न पनि बैठकमा उनले जोड दिए। त्यसैगरी, कामपाका विभागहरू काठमाडौँ प्लाजामा सार्ने विषयले बैठकमा लामो समय लिएको थियो ।

अहिलेसम्ममा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र सचिवालय, प्रशासन विभाग, सामाजिक विकास विभाग, स्वास्थ्य विभाग, कानुन तथा मानव अधिकार विभाग, विपद् व्यवस्थापन विभाग, वातावरण व्यवस्थापन विभाग, आन्तरिक लेखापरीक्षण एकाइ, खरिद एकाइ प्लाजामा सरिसकेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय आगामी जेठ ३ गतेभित्र, सहकारी विभाग जेठ ६ गतेभित्र, सहरी व्यवस्थापन विभाग जेठ ८ गतेभित्र प्लाजामा सरिसक्ने योजना कामपाको छ ।