काठमाडौँ ३१ बैशाख
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई थप चारदिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।
अदालतले उनीसहित यस प्रकरणमा पक्राउ परेका १२ जनालाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
उनी नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् । उनलाई म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो।